Need Help ?
Call: +977- 038520358

जि. शि. अ.

डिकबहादुर राई

भौगोलिक तथा सामाजिक–साँस्कृतिक विविधताले भरिपूर्ण यस जिल्लाको शैक्षिक स्तर राष्ट्रिय मानकमा सुधारोन्मुख रहेको छ । यस जिल्लाको शैक्षिक उन्नयनलाई पर्यटन, कृषि लगायतका प्राविधिक व्यवसायिक क्षेत्रसँग सम्बन्ध कायम गरी प्रशस्त लाभ लिन सक्ने अवसर रहेको छ । उक्त अवसरलाई कार्यमुखी व्यवहारमा बदल्न विद्यालय शिक्षा देखि उच्च शिक्षा सम्म नै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको प्रयास र सहकार्य आवश्यक देखिन्छ । शिक्षाको पहुँच र लाभबाट टाढा रहेका वर्ग, महिला, आदिवासी जनजाती, दलित, लोपोन्मुख तथा सिमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्तिहरु सबैलाई समेटी गुणस्तरीय शिक्षाको अवसर उपलव्ध गराउनु अहिलेको टड्कारो आवश्यकता रहेको छ । कार्यालयबाट सम्पादन गरिने शैक्षिक कार्यक्रमलाई अझ जनमुखी, परिणाममुखी, पारदर्शी, परिस्कृत र प्रभावकारी बनाउने कार्यमा सम्पूर्ण शैक्षिक क्षेत्रका सरोकारवालाहरूबाट  सल्लाह तथा सुझावको  अपेक्षा गरिन्छ । 

यस  जिल्लाको शैक्षिक स्तर सुधारको लागि  विद्यार्थी र विद्यालय केन्द्रित क्रियाकलापमा जोड दिनु पर्ने देखिन्छ । यसको लागि विद्यालय तथा शिक्षकहरूले विद्यार्थी केन्द्रित सिकाइ क्रियाकलापमा जोड दिनुका साथै अाफूलार्इ अध्यावधिक गर्न कार्यमूलक अनुसन्धान, नियिमत रूपमा पेसागत छलफल, तालिम तथा गोष्ठीमा सहभागिता, अाफ्नो विषाय क्षेत्रमा लेख रचना प्रकाशन गर्ने, सिकाइ क्रियाकलापमा सूचना प्रविधिको उपयोग, पाठ्यक्रममा अाधारित  सिकाइ क्रियाकलाप अादि जस्ता पक्षमा जोड दिनु पर्ने देखिएकाले सबै शिक्षकहरूले शैक्षिक गुणस्तर सुधारको लागि निरन्तर रूपमा पेसागत विकास विकासमा लागिरहने अपेक्षा समेत गरिन्छ ।